कास्कीको कालिका गा वि स ९, काउरेमा अवस्थित श्री चण्डीका प्रा.वि. ले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
Photo Gallery
Friday, April 22, 2016
Tuesday, April 19, 2016
चण्डीका प्राथमिक विद्यालयको घरदैलो (फोटो फिचर)
श्री चण्डीका प्राथमिक विद्यालय कालिका ९, कास्कीले विद्यालयमा विद्यार्थीलाई स्वागत एवं घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री जमान बहादुर गुरुङको नेतृत्वमा शिक्षक शिक्षिकाहरु टिकाराम गौतम, देवी कुमारी गुरुङ, मिन कुमारी गुरुङ शक्ति गुरुङ, गिता लम्साल गौतम समेतको टोली, कालिका ९ बयरघारी बाट पोखरा २२ आर्बा, मौजा ८ लामाखेत लगाएतका स्थानमा घरदैलो एवं अभिभावक भेला सम्पन्न भएको छ । भेलामा शिक्षक श्री टिकाराम गौतमले श्री चण्डीका प्रा.वि. मा गुणस्तरीय शिक्षा प्रदान गरिने भएकोले आफ्ना नानी बाबुहरुलाई चण्डीका प्रा.वि. मा नै भर्ना गर्न आग्रह गरेका थिए भने प्रधानाध्यापक श्री जमान बहादुर गुरुङले
Thursday, April 14, 2016
प्यारोडी प्यासन
आजकल हरेक कुराको प्यारोडी बनाउने चलन आएको छ । गीत संगीतको प्यारोडी धेरै पहिलेदेखि नै बनाईदै आएको भएपनि हाल आएर म्युजिक भिडियोको प्यारोडी, चलचित्रका प्रोमोका प्यारोडी बनाउने एक प्रकारको लहर र कम्पीटिसन नै हुन्छ भन्दा फरक नपर्ला । विगतका वर्षरुमा चलेका गीतहरुमध्ये चलचित्र "रेशम फिलिलि"को पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँन... बोलको गीत र चलचित्र "वडा नम्बर ६" को सुर्के थैली खै... बोलको गीतका प्यारोडी म्युजिक भिडियो यति धेरै बने कि यु टुबमा कुन चाहिँ अफिसियल भिडियो हो र कुन चाहिँ प्यारोडी भन्ने छुट्याउन समेत कतिपय दर्शकलाई हम्मे हम्मे पर्यो । क्रम यतिमा मात्रै सिमित रहेन, चलचित्र कबड्डी कबड्डी र पशुपति प्रशादको प्रोमोहरुका पनि अत्याधिक प्यारोडी बनेका थिए । यसै सिलसिलामा एकजना मित्रले मेरो ब्लगको कभर इमेजको पनि प्यारोडी इमेज बनाइदिनुभएछ ।
Tuesday, April 12, 2016
Monday, April 11, 2016
हिन्दूहरू होसियार !!!
"हिन्दूहरू पापी छन्, हिन्दुहरू सैतान् हुन् । जसले शिव, पार्वती, देवी, विष्णु जस्ता सैतानको मूर्ती बनाएर पूजा गर्छन्, यी मूर्ती बनाइनेहरू, मूर्ती बनाउनेहरू अनि ती मूर्तीको पूजा गर्नेहरू सबै सैतान हुन् । शङ्ख फुक्नेहरू पापी हुन् , निधारमा टिका लगाउनेहरू ढोँगी हुन् र घण्टी बजाउनेहरू भ्रष्ट्राचारी हुन् । तिनिहरूलाई वास्तविकता के हो थाहा छैन, सच्चाई के हो थाहा छैन, तिनिहरू सैतानको मन्दिरमा गएर कुबाटोमा हिँडिरहेका छन्, त्यसैले तिनिहरूलाई सच्चाई सिकाएर येशुको बाटोमा ल्याइनुपर्छ, प्रभु येशु मात्रै ठिक हुनुहुन्छ र अरू सबै बेठिक छन् ।" यी र यस्तैकुरा सुन्न पाइन्छ आजकल गाउँ गाउँ, शहर शहर अनि टोल टोलमा खुलेका घोषित अघोषित मण्डली र सच्चाई केन्द्रहरूमा । यतिबेला नेपालमा धर्म परिवर्तन गर्ने गराउने लहर नै चलेको छ ।
Tuesday, April 5, 2016
चण्डीका प्रा.वि. को ३० औँ वाषिर्कोत्सव
मुक्तक
नेता
देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।
देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।
Subscribe to:
Posts (Atom)