सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Thursday, April 14, 2016

प्यारोडी प्यासन

आजकल हरेक कुराको प्यारोडी बनाउने चलन आएको छ । गीत संगीतको प्यारोडी धेरै पहिलेदेखि नै बनाईदै आएको भएपनि हाल आएर म्युजिक भिडियोको प्यारोडी, चलचित्रका प्रोमोका प्यारोडी बनाउने एक प्रकारको लहर र कम्पीटिसन नै हुन्छ भन्दा फरक नपर्ला । विगतका वर्षरुमा चलेका गीतहरुमध्ये चलचित्र "रेशम फिलिलि"को पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँन... बोलको गीत र चलचित्र "वडा नम्बर ६" को सुर्के थैली खै... बोलको गीतका प्यारोडी म्युजिक भिडियो यति धेरै बने कि यु टुबमा कुन चाहिँ अफिसियल भिडियो हो र कुन चाहिँ प्यारोडी भन्ने छुट्याउन समेत कतिपय दर्शकलाई हम्मे हम्मे पर्‍यो । क्रम यतिमा मात्रै सिमित रहेन, चलचित्र कबड्डी कबड्डी र पशुपति प्रशादको प्रोमोहरुका पनि अत्याधिक प्यारोडी बनेका थिए । यसै सिलसिलामा एकजना मित्रले मेरो ब्लगको कभर इमेजको पनि प्यारोडी इमेज बनाइदिनुभएछ ।
मलाई चाहिँ राम्रो लाग्यो यो प्यारोडी । तपाईलाई चाहिँ कस्तो लाग्यो ?

No comments:

Post a Comment