Photo Gallery

Photo Gallery

Photo of Utsuk Channel.

Title 2

Description for second slide.

Title 3

Description for third slide.

Tuesday, April 19, 2016

चण्डीका प्राथमिक विद्यालयको घरदैलो (फोटो फिचर)

श्री चण्डीका प्राथमिक विद्यालय कालिका ९, कास्कीले विद्यालयमा विद्यार्थीलाई स्वागत एवं घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री जमान बहादुर गुरुङको नेतृत्वमा शिक्षक शिक्षिकाहरु टिकाराम गौतम, देवी कुमारी गुरुङ, मिन कुमारी गुरुङ शक्ति गुरुङ, गिता लम्साल गौतम समेतको टोली, कालिका ९ बयरघारी बाट पोखरा २२ आर्बा, मौजा ८ लामाखेत लगाएतका स्थानमा घरदैलो एवं अभिभावक भेला सम्पन्न भएको छ । भेलामा शिक्षक श्री टिकाराम गौतमले श्री चण्डीका प्रा.वि. मा गुणस्तरीय शिक्षा प्रदान गरिने भएकोले आफ्ना नानी बाबुहरुलाई चण्डीका प्रा.वि. मा नै भर्ना गर्न आग्रह गरेका थिए भने प्रधानाध्यापक श्री जमान बहादुर गुरुङले
विद्यालयमा पठन पाठनको साथसाथै प्रशस्त अतिरिक्त क्रियाकलाप तथा पुस्तकालय र कम्प्युटरको समेत व्यवस्था गरिएको जानकारी दिए ।






.....र यो पनि...



घरदैलोको क्रममा देखिएको परम्परागत भाङ्ग्रा बुन्दै गरेको यो दृश्य



No comments:

Post a Comment