Saturday, July 11, 2020
विद्यालय र शिक्षाको बारेमा चासो राख्नुहुन्छ भने अवश्य पढ्नुहोला ।
कोरोना कहरले कसैलाई बाँकी राखेन । रोग भन्नेकुरा, धनी गरिब, यो जात, त्यो जात भनेर लाग्ने कुरा पनि होइन । विपत् जसलाई पनि पर्न सक्छ । दुःख, कष्टमा परेका र पिडित नागरिकलाई उद्दार र राहत दिनु सरकारको कर्तव्य र दायित्त्व हो । सरकार यो कुरामा कति सफल या असफल भयो भन्नेकुरामा बहस हुँदै जाला तरपनि कोरोनाको महामारीबाट जुध्न कैयौँ सरकारी विद्यालयमा क्वारेन्टिनको स्थापना गरियो । क्वारेन्टिन स्थापना गरेपछि कतिपय अभिभावकहरूको सरकारी विद्यालयप्रतिको धारणा नकारात्मक समेत हुन पुग्यो । “कोरोना लागेका मान्छे राखेको स्कुलमा हाम्रा बच्चा कसरी पठाउने ?” भन्नेजस्ता शब्दहरू समेत कतिपयबाट प्रस्तुत भए । कोरोना महामारीको बेला पढाई भन्दा स्वास्थ्य महत्त्वपूर्ण कुरा हो भन्नेकुरालाई दृष्टिगत गरि सरकारी विद्यालयका शिक्षकहरू क्वारेन्टिन व्यवस्थापनमा खटिए भने नीजि विद्यालयका संचालकहरूलाई चाहिँ अभिभावकहरूबाट शुल्क असुल्न नपाएकोमा छटपटि भयो ।
Monday, June 8, 2020
Monday, April 20, 2020
उत्सुक च्यानलमा अब शिक्षक सेवा तयारी कक्षा
युटुबको उत्सुक च्यानलमा शिक्षक सेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित विषयवस्तुको तयारी कक्षाका लागि विभिन्न सामग्री प्रकाशन गरिँदै छ । संसारभर फैलिएको कोरोना भाईरसको त्रासका कारण मानिसहरु घरमा नै बस्नुपर्ने, त्यसमाथी नेपालमा लकडाउन गरिएका कारण झन् बाध्यताबस घरभित्रै बस्नुपरेको अवस्थामा उत्सुक च्यानलको यो प्रयास पाठकहरुका लागि सहयोगि हुन सक्छ । पाठकहरुले युटुबमा भिडियो हेर्नुका साथै ब्लग पेजबाट PDF फाइल डाउनलोड समेत गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
Go to PDF download Page Watch Other Videos
Go to PDF download Page Watch Other Videos
Friday, December 28, 2018
तलब भत्ता माग गर्नका लागि भर्नुपर्ने माग फाराम
विद्यालयहरूले शिक्षक कर्मचारीहरूको तलब भत्ता माग गर्नका लागि भर्नुपर्ने माग फारामको सफ्ट कपि डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Thursday, February 22, 2018
फेसबुकमा फोटो राखेर ठूलो गल्ती भयो, धेरै पछुतो लाग्यो ।
आजकल इन्टरनेटको अर्को नाम नै फेसबुक जस्तो भइसकेको छ । जो कसैले पनि सहज रुपमा पहुँच राख्ने फेसबुकमा आफ्ना वा आफूले खिचेका तस्विरहरू अपलोड गर्ने र शेयर गर्ने काम सामान्य नै भइसक्यो । मानिसहरू राम्रो फोटो खिचेपछि फेसबुकमा पोस्ट गर्न आतुर देखिन्छन् । तर मलाई भने फेसबुकमा फोटो अपलोड गरेकोमा धेरै ठूलो पछुतो लागेको छ । हजुरहरूलाई खुल्दुली हुनु स्वभाविकै हो, हैन, फेसबुकमा फोटो अपलोड गर्दैमा किन पछुताउनु - तर मैले फेसबुकलाई विश्वास गरेर ठूलै गल्ती गरेछु । फेसबुकमा फोटो राखेपनि त्यसको ब्यकअप आफ्नो पर्सनल ड्राइभमा नराख्नु नै मेरो भूल भयो । जसले गर्दा मेरा ती सयौँ फोटोहरूको क्वालिटि मैले गुमाइसकेको छु । फेसबुकले फोटो अपलोड गर्न त दियो तर त्यसले प्रयोगकर्ताका फोटोको रिजुलेसन हृवात्तै घटाएर क्वालिटि खत्तम पारिदियो । शुरु शुरुमा मलाई त्यसको हेक्का नै भएन, तर जब मैले त्यो महशुस गरेँ, धेरै ढिलो भइसकेको थियो र मैले आफ्ना सयौँ गुणस्तरिय फोटाहरू गुमाइसकेको थिएँ ।
Subscribe to:
Posts (Atom)