Photo Gallery

Photo Gallery

Photo of Utsuk Channel.

Title 2

Description for second slide.

Title 3

Description for third slide.

Tuesday, April 5, 2016

चण्डीका प्रा.वि. को ३० औँ वाषिर्कोत्सव

चण्डीका प्रा.वि. कालिका ९ काउरेको ३० औँ वाषिर्कोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णुप्रसाद बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति श्री कृष्ण केसीले नेपालमा शिक्षित भएर केही गर्छु भन्ने व्यक्तिको खाँचो भएको औँल्याए । विद्यालयका शिक्षक टिकाराम गौतम र देवी कुमारी गुरुङले सम्युक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा प्रअ जमान बहादुर गुरुङले स्वागत भाषण तथा विद्यालयको वाषिर्क आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा लायन्स क्लब अफ पोखरा र्समर्पणले विद्यालयलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो । कार्यक्रमको सम्पादित अंश अहिले केहीबेरमा गण्डकी टेलिभिजनबाट प्रसारण हुँदैछ भने विद्यालयको फेसबुक पेजमा समेत उक्त भिडियो अपलोड गरिने छ ।

No comments:

Post a Comment