सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Saturday, July 11, 2020

विद्यालय र शिक्षाको बारेमा चासो राख्नुहुन्छ भने अवश्य पढ्नुहोला ।

कोरोना कहरले कसैलाई बाँकी राखेन । रोग भन्नेकुरा, धनी गरिब, यो जात, त्यो जात भनेर लाग्ने कुरा पनि होइन । विपत् जसलाई पनि पर्न सक्छ । दुःख, कष्टमा परेका र पिडित नागरिकलाई उद्दार र राहत दिनु सरकारको कर्तव्य र दायित्त्व हो । सरकार यो कुरामा कति सफल या असफल भयो भन्नेकुरामा बहस हुँदै जाला तरपनि कोरोनाको महामारीबाट जुध्न कैयौँ सरकारी विद्यालयमा क्वारेन्टिनको स्थापना गरियो । क्वारेन्टिन स्थापना गरेपछि कतिपय अभिभावकहरूको सरकारी विद्यालयप्रतिको धारणा नकारात्मक समेत हुन पुग्यो । “कोरोना लागेका मान्छे राखेको स्कुलमा हाम्रा बच्चा कसरी पठाउने ?” भन्नेजस्ता शब्दहरू समेत कतिपयबाट प्रस्तुत भए । कोरोना महामारीको बेला पढाई भन्दा स्वास्थ्य महत्त्वपूर्ण कुरा हो भन्नेकुरालाई दृष्टिगत गरि सरकारी विद्यालयका शिक्षकहरू क्वारेन्टिन व्यवस्थापनमा खटिए भने नीजि विद्यालयका संचालकहरूलाई चाहिँ अभिभावकहरूबाट शुल्क असुल्न नपाएकोमा छटपटि भयो ।