सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Friday, April 22, 2016

विद्यालयमा स्वागत

कास्कीको कालिका गा वि स ९, काउरेमा अवस्थित श्री चण्डीका प्रा.वि. ले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

Tuesday, April 19, 2016

चण्डीका प्राथमिक विद्यालयको घरदैलो (फोटो फिचर)

श्री चण्डीका प्राथमिक विद्यालय कालिका ९, कास्कीले विद्यालयमा विद्यार्थीलाई स्वागत एवं घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री जमान बहादुर गुरुङको नेतृत्वमा शिक्षक शिक्षिकाहरु टिकाराम गौतम, देवी कुमारी गुरुङ, मिन कुमारी गुरुङ शक्ति गुरुङ, गिता लम्साल गौतम समेतको टोली, कालिका ९ बयरघारी बाट पोखरा २२ आर्बा, मौजा ८ लामाखेत लगाएतका स्थानमा घरदैलो एवं अभिभावक भेला सम्पन्न भएको छ । भेलामा शिक्षक श्री टिकाराम गौतमले श्री चण्डीका प्रा.वि. मा गुणस्तरीय शिक्षा प्रदान गरिने भएकोले आफ्ना नानी बाबुहरुलाई चण्डीका प्रा.वि. मा नै भर्ना गर्न आग्रह गरेका थिए भने प्रधानाध्यापक श्री जमान बहादुर गुरुङले

Thursday, April 14, 2016

प्यारोडी प्यासन

आजकल हरेक कुराको प्यारोडी बनाउने चलन आएको छ । गीत संगीतको प्यारोडी धेरै पहिलेदेखि नै बनाईदै आएको भएपनि हाल आएर म्युजिक भिडियोको प्यारोडी, चलचित्रका प्रोमोका प्यारोडी बनाउने एक प्रकारको लहर र कम्पीटिसन नै हुन्छ भन्दा फरक नपर्ला । विगतका वर्षरुमा चलेका गीतहरुमध्ये चलचित्र "रेशम फिलिलि"को पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँन... बोलको गीत र चलचित्र "वडा नम्बर ६" को सुर्के थैली खै... बोलको गीतका प्यारोडी म्युजिक भिडियो यति धेरै बने कि यु टुबमा कुन चाहिँ अफिसियल भिडियो हो र कुन चाहिँ प्यारोडी भन्ने छुट्याउन समेत कतिपय दर्शकलाई हम्मे हम्मे पर्‍यो । क्रम यतिमा मात्रै सिमित रहेन, चलचित्र कबड्डी कबड्डी र पशुपति प्रशादको प्रोमोहरुका पनि अत्याधिक प्यारोडी बनेका थिए । यसै सिलसिलामा एकजना मित्रले मेरो ब्लगको कभर इमेजको पनि प्यारोडी इमेज बनाइदिनुभएछ ।

Tuesday, April 12, 2016

Happy new year 2073

नयाँ वर्ष २०७३ को शुभकामना

नेपाली नयाँ वर्षफेरी पनि हाम्रो घर आँगनमा आइपुग्यो । नयाँ वर्षको रौनक प्रत्येक वर्षनयाँ र ताजा अवस्य नै हुने गर्छ । तरपनि म आजभन्दा दुइवर्षअगाडीको नयाँ वर्षा दुबइमा थिएँ, त्यस बेलाको नेपाली नयाँवर्षो पूर्वसन्ध्याको झलक यसो तपाईहरू पनि नजर गर्नुस् न । २०७२ सालमा भएका नराम्रा कुराहरु २०७३ मा नदोहोरिउन्, फेरी भुकम्प नजाओस्, नाकाबन्दी नलागोस् । नयाँ वर्ष२०७३ को

Monday, April 11, 2016

हिन्दूहरू होसियार !!!

"हिन्दूहरू पापी छन्, हिन्दुहरू सैतान् हुन् । जसले शिव, पार्वती, देवी, विष्णु जस्ता सैतानको मूर्ती बनाएर पूजा गर्छन्, यी मूर्ती बनाइनेहरू, मूर्ती बनाउनेहरू अनि ती मूर्तीको पूजा गर्नेहरू सबै सैतान हुन् । शङ्ख फुक्नेहरू पापी हुन् , निधारमा टिका लगाउनेहरू ढोँगी हुन् र घण्टी बजाउनेहरू भ्रष्ट्राचारी हुन् । तिनिहरूलाई वास्तविकता के हो थाहा छैन, सच्चाई के हो थाहा छैन, तिनिहरू सैतानको मन्दिरमा गएर कुबाटोमा हिँडिरहेका छन्, त्यसैले तिनिहरूलाई सच्चाई सिकाएर येशुको बाटोमा ल्याइनुपर्छ, प्रभु येशु मात्रै ठिक हुनुहुन्छ र अरू सबै बेठिक छन् ।" यी र यस्तैकुरा सुन्न पाइन्छ आजकल गाउँ गाउँ, शहर शहर अनि टोल टोलमा खुलेका घोषित अघोषित मण्डली र सच्चाई केन्द्रहरूमा । यतिबेला नेपालमा धर्म परिवर्तन गर्ने गराउने लहर नै चलेको छ ।

Saturday, April 9, 2016

चण्डीका प्राथमिक विद्यालयको ३० औँ वार्षिकोत्सव (भिडियो)

चण्डीका प्राथमिक विद्यालयको ३० औँ वार्षिकोत्सव समारोहको पूरा भिडियो यहाँ हेर्नुहोस् ।

Tuesday, April 5, 2016

चण्डीका प्रा.वि. को ३० औँ वाषिर्कोत्सव

चण्डीका प्रा.वि. कालिका ९ काउरेको ३० औँ वाषिर्कोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णुप्रसाद बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति श्री कृष्ण केसीले नेपालमा शिक्षित भएर केही गर्छु भन्ने व्यक्तिको खाँचो भएको औँल्याए । विद्यालयका शिक्षक टिकाराम गौतम र देवी कुमारी गुरुङले सम्युक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा प्रअ जमान बहादुर गुरुङले स्वागत भाषण तथा विद्यालयको वाषिर्क आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा लायन्स क्लब अफ पोखरा र्समर्पणले विद्यालयलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो । कार्यक्रमको सम्पादित अंश अहिले केहीबेरमा गण्डकी टेलिभिजनबाट प्रसारण हुँदैछ भने विद्यालयको फेसबुक पेजमा समेत उक्त भिडियो अपलोड गरिने छ ।

मुक्तक

नेता

देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।