Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

शिक्षक आन्दोलन बारे मेरो धारणा ।

विचार आफ्नो आफ्नो, सबैजना सहमत हुनैपर्छ भन्ने छैन, तर शिक्षक आन्दोलनका सम्बन्धमा मेरो धारणा यसप्रकार छ ।

१. आन्दोलन गर्नु कसैको रहर हुँदैन, बाध्यात्मक परिस्थितिको उपज हुन्छ ।

२. आफुले गर्ने / गरेको आन्दोलन जायज, अरुको आन्दोलन नाजायज भन्नु कुतर्क बाहेक केहि हैन ।

३. राजनीतिक दलहरूले कहिले शसस्त्र आन्दोलन, कहिले सडक आन्दोलन, कहिले चक्काजाम, कहिले आमहडताल गर्दा पनि विद्यार्थीको पठनपाठनमा प्रभाव त परेकै थियो, त्यो बेलाको आन्दोलन कानुन विपरित भएन? अहिले शिक्षकले आन्दोलन गर्दा चाहिं कानुन विपरित भयो?

४. आन्दोलनका नाममा जहाज अपहरण गर्ने, बैंक लुट्ने, जबर्जस्ति चन्दा असुली गर्ने, फरक आस्था राखेकै आधारमा निहत्था व्यक्तिको बिभत्स हत्या गर्ने कार्य चाहिँ शान्तिपूर्ण?? अनि शिक्षकको आन्दोलन कुन कोणबाट अनुचित देखियो?

५. पार्टीको झोले भएकै आधारमा शिक्षकको बिरोध गर्ने हैसियत कहाँबाट प्राप्त भयो? शिक्षकको कुनचाहिँ माग अनुचित छ? याद राख! तिम्रा पार्टीका घोषणापत्रमा ह्रस्व दीर्घ मिलाईदिने पनि शिक्षकनै थिए!

६. विद्यार्थीको पढाईको चिन्ता तिमिहरूलाई भन्दा बढि शिक्षकलाई छ, शिक्षकका पनि बालबच्चा छन्, उनिहरूका बच्चा पनि सरकारी स्कुलमै पढ्छन् ।  (बोर्डिङमा बच्चा पठाउनेले त कमेन्ट गरेर कुतर्क गर्ने कुचेस्टा पनि नगरे हुन्छ ।) सरकारी ढुकुटीबाट तलबभत्ता खाने शिक्षक, कर्मचारी, जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, सामाजिक सुरक्षा भत्तावाला सबै सबैले आफ्ना सन्तती सरकारी स्कुलमा नै पढाउनुपर्छ भन्ने नियम बनाउन तिमिलाई कसले रोक्यो?

७. डिग्री होल्डरहरू खाडीमा काम गरेका पनि छन् । उनिहरूले त झन् शिक्षक आन्दोलनको सपोर्ट गर्नुपर्ने हो, शिक्षण पेशामा भविष्य नदेखेरै त होला खाडीमा गएको । अब कम्तीमा पनि भावी पुस्ता खाडीमा जानु नपरोस्, खाडीमा बेल्चा चलाउनेको भन्दा नेपालमा कलम चलाउनेको इज्जत होवोस् ।

८. अन्याय सहनु हुँदैन भनेर सिकाउने शिक्षकहरू आफैंमाथी परेको अन्याय चाहिं सहेर बसुन्? के नानाथरी विज्ञप्ति निकालेर बस्छौ? हिम्मत छ भने आन्दोलनकारी शिक्षकलाई बर्खास्त गर अनि तिम्रा झोलेहरूलाई नियुक्त गरेको सुचना निकाल! स्थानीय तहमा अधिकार छ, कुनैपनि शिक्षकको सहयोगबिना नयाँ शिक्षक नियुक्त गर, तलबभत्ता पनि आफैं देऊ, पठनपाठन सुचारू गर, छ हैसियत? हैसियत छैन भने गुरुको इज्जत गर, तिम्रा कान बेलैमा बटारेका भए अहिले अनुशासनहीन कुतर्क गर्ने कुचेष्टा पनि गर्दैनथ्यौ!!!

शिक्षा ऐनमा समेट्नुपर्ने मेरा १० सुझावहरू:

 १. पाँच वर्ष वा सो भन्दा बढि निरन्तर एउटै विद्यालयमा कार्यरत भएमा शिक्षकलाई नियमित सरुवा हुने व्यवस्था मिलाउने, यसरी सरुवा गर्दा शिक्षकलाई विद्यालय रोज्ने अवसर प्रदान गर्ने, सरुवा हुनासाथ एक तह बढुवा हुने व्यवस्था गर्ने ।

२. प्रधानाध्यापकको नियुक्ति सिफारिस र रोलक्रम निर्धारण शिक्षक सेवा आयोगले गर्ने र प्रधानाध्यापक नियुक्त भएको शिक्षकलाई तुरुन्तै एक तह बढुवा गर्ने । प्रत्येक पालिकाबाट कम्तिमा दशजना प्रधानाध्यापकलाई गणतन्त्र दिवस वा अन्य कुनै विशेष समारोहमा मानपदवी अर्पण गर्ने ।

३. समान तहका निजामती कर्मचारीको भन्दा शिक्षकको तलब, भत्ता, यातायात, सन्चार, आवास, भ्रमणादि भत्ता कम्तीमा २०% बढि हुने व्यवस्था मिलाउने । समान तहका कर्मचारीले प्राप्त गर्ने इन्धन सुबिधाको कम्तिमा १०% बढि इन्धन शिक्षकलाई उपलब्ध गराउने । शिक्षकको तलब, भत्ता तथा अन्य सुविधा हरेक महिना शिक्षकको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउने ।

४. कार्यसम्पादन मूल्यांकन फारम अनलाइनमा भर्ने व्यवस्था मिलाउने, कुन शिक्षकको कार्यसम्पादन मूल्यांकनमा कति अंक प्राप्त भएको छ भन्नेकुरा पारदर्शी बनाउने । कुनै कर्मचारीले शिक्षकको कार्यसम्पादन मूल्यांकनमा नियतबस कैफियत गरेको प्रमाणित भएमा यस्ता कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरि बर्खास्त गर्ने ।

५. आफ्ना सन्तानलाई सामूदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई प्रोत्साहन भत्ता र सन्तानलाई छात्रवृत्तिको व्यवस्था गर्ने । कुनैपनि, शिक्षक, अभिभावक, सरकरी कर्मचारी वा जुनसुकै व्यक्ति विद्यालयमा मादक पदार्थ सेवन गरि प्रवेश गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने ।

६. शिक्षकलाई विद्यालय समय बाहेक अन्य समयमा कानुनले निषेध गरेको बाहेक जुनसुकै कार्यक्रम र समारोहमा सरिक हुने स्वतन्त्रता हुने । शिक्षकलाई कसैले गालिगलौज, धम्की, शारीरिक एवं मानसिक पिडा र त्रासको वातावरण सृजना गरेमा पिडकलाई तुरुन्तै फौजदारी अभियोग लगाई पिडित शिक्षकलाई नि:शुल्क कानुनी परामर्शदाता उपलब्ध गराउने, कुनै निजामति कर्मचारीले शिक्षकको अपमान गरेमा निजलाई घटुवा देखि निलम्बन सम्मको सजायँ हुने व्यवस्था मिलाउने ।

७. हरेक शिक्षकलाई खाजाको मेनु तोकि नि:शुल्क खाजा/नास्ताको व्यवस्था गराउने। जाँड रक्सी सेवन नगर्ने तथा सात्विक भोजन गर्ने शिक्षकलाई विषेश सम्मान गर्ने ।

८. समान तहका अन्य कर्मचारीको भन्दा शिक्षकको मर्यादाक्रम एक तह माथी हुनुपर्ने। कुनैपनि कार्यालय, अस्पताल वा अन्य सार्वजनिक स्थलमा शिक्षकले पालो कुर्नु नपर्ने वा शिक्षकको कामलाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था मिलाउने । शिक्षण सबैभन्दा सम्मानित पेशा हो भन्ने मानक स्थापित गराउन जो कोहीले जहाँकहिँ शिक्षकको सम्मान गर्नुपर्ने व्यवस्था मिलाउने । "भविष्यको लक्ष शिक्षक बन्ने" हुनेगरी अब्बल विद्यार्थीहरू शिक्षण सेवामा प्रवेश गर्ने वातावरण सृजना गर्ने । 

९. जो कोहि पत्रकार तथा युटुबे जथाभावी विद्यालय तथा कक्षामा घुसी जथाभावी भिडियो तथा अडियो रेकर्ड गर्न नपाउने व्यवस्था गर्ने । यदि कारणवश रिपोर्टिङ गर्नैपर्ने भएमा सम्बन्धित पालिकाको शिक्षा साखाको सिफारिसमा सम्बन्धित विद्यालय तथा शिक्षकको समेत स्विकृति लिई छायांकन तथा रेकर्ड गर्न अनुमति पाउने । यसरी छायांकन तथा रेकर्ड गरिएका विषयलाई नियतवश विषयान्तर गरी, सम्पादन गरी वा तोडमोड गरी शिक्षकको बेइज्जत हुने गरि प्रकासन वा प्रसारण गर्ने जो कोहिलाई कानुनी कारबाहीको दायरामा ल्याउने ।

१०. एक शैक्षिकसत्रमा प्रत्येक विद्यालयका कम्तिमा एक शिक्षकलाई यूरोपियन, अमेरिकन वा विश्वका कुनै ख्यातिप्राप्त विश्वविद्यालयमा सरकारी खर्चमा नियमित भ्रमण गराउने व्यवस्था गर्ने । भ्रमणबाट फर्केपछि आफुले देखेका, अनुभव गरेका र सिकेका कुराहरूलाई आफ्नो विद्यालयमा लागु गर्ने शिक्षकलाई थप प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्ने ।

- सुझावकर्ता:

श्री टिकाराम गौतम "उत्सुक"

(सामाजिक अध्ययन शिक्षक)

श्री सिद्धार्थ मा.वि.

भिमाद-१, तनहुँ 

www.tikagautam.com.np

बेकार लोकसेवा लडिएछ, प्रावि शिक्षकमा मात्रै घुस्न पाएको भए...

 


प्रस्तावित शिक्षा ऐनको मस्यौदामा भएका कतिपय बुँदाहरूका कारण यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन् । हिजो साउन २८ गते शिक्षक महासंघको आयोजनामा देशैभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्य भयो भने भोलि ३० गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने कार्यक्रम रहेको छ । यसो हेर्दा यतिबेला सबै शिक्षकहरू एकताबद्ध भएर आन्दोलनमा निस्कने मनस्थितिमा देखिएपनि भित्री रुपमा शिक्षकहरू अझैपनि एकताबद्ध हुन सकेको देखिँदैन ।

अब फेरिपनि शिक्षक आन्दोलनमा संघका यति उपस्थित, संगठनका यति, युयनटोका यति, फलानोका यति, ढिस्कानोका यति, भनेर टाउका गन्ने, स्थायी यति, अस्थायी/करार यति, राहत यति, अनुदान यति, इसिडि यति आन्दोलनमा सहभागी भनेर वर्गीकरण गर्ने हो भने आन्दोलनको कुनै औचित्य छैन, चुपचाप कक्षाकोठामा पस्ने, तोकिएको पिरियड पढाउने बस्ने ।

नेपाल शिक्षक महासंघ सामू अहिले महत्त्वपूर्ण अवसर आएको छ । यसअघि पटक पटकका आन्दोलन सम्झौतामा लगेर टुंग्याएको कलंकको टीका यसपालिको निर्णायक आन्दोलनले मेटाउने कि फेरि अर्को टीका थप्ने अब महासंघको हातमा छ  । "नेतृत्वले खुट्टा नकमाओस्, खबरदार!" भनेर आन्दोलनको लागि तम्तयार भएर बसेका शिक्षकको मनोभावना माथि कुठाराघात गरेर अमुक पार्टीको हनुमान बन्ने हो भने शिक्षकका नाममा राजनीति गर्न छोडिदिए हुन्छ, हैन भने अलि हेर्नहुने र देखाउन हुने माग लिएर नेतृत्व अगाडी बढोस्, शिक्षकको साथ नपाउने प्रश्नै आउँदैन ।

शिक्षक कुनैपनि हालतमा बिभाजित हुनु हुँदैन, जुनसुकै मितिमा नियुक्त भएपनि, जुन तहमा भएपनि, जुन श्रेणीमा भएपनि, जुन विषयको भएपनि, जुन कोटाको भएपनि, जेसुकैमा आस्था राख्ने भएपनि... शिक्षक सबै एकै हुन् भन्ने भावना नभएसम्म न आन्दोलन सफल हुन्छ, न शिक्षक एकता कायम हुन्छ ।

शिक्षकका नेताहरू! आफैंमा लघुताभाष छ, हिनताबोध छ? माग राख्दापनि समान तहका कर्मचारी सरह हुनुपर्छ... भनेर माग राख्छौँ हामी! यो पनि कुनै माग हो? "समान तहका कर्मचारीको भन्दा तलब, भत्ता, आवास, इन्धन, भ्रमण, उपचार सबैमा कम्तिमा 20 प्रतिशत बढि सुविधा शिक्षकलाई चाहिन्छ, हरेक चार वा पाँच वर्षमा आवधिक बढुवा हुनुपर्छ, घरपायक नभएको खन्डमा अपायक भत्ताको व्यवस्था वा आवास र यातायात खर्चको व्यवस्था हुनुपर्छ, शिक्षकले चाहेको खन्डमा जुनसुकै बेला जहाँसुकै स्थानमा सरुवा हुन पाउनुपर्छ, निश्चित अवघि करार, अनुदान, राहत, इसिडि जस्ता कोटामा आफ्नो उर्जाशील समय बिताएका शिक्षक स्वत: स्थायी हुनुपर्छ !" यस्ता माग हामी किन नराख्ने? अर्को पटक देखि आन्दोलन हामीले हैन अरु कर्मचारीले गर्नुपरोस्! अनि उनिहरूको माग होस् कि, "हामीलाई पनि समान तह र श्रेणीका शिक्षक सरह सुविधा चाहियो!" बेकार, लोकसेवा लडिएछ, प्रावि शिक्षकमा मात्रै घुस्न पाएको भए अहिले कत्रो इज्जत हुनेरहेछ भनेर पछुतो उनिहरूलाई परोस् । 

नेपाली युनिकाेडमा टाइप गर्न समस्या भयो? यसाे गर्नुहाेस् ।

प्रीति फन्टमा टाइप गर्न हात बसेकाहरुका लागि युनिकोडमा टाइप गर्न अलि झन्झटिलो हुन सक्छ । तर मदन पुरस्कार पुस्तकालयले ट्रेडिसनल युनिकोड ल्याएपछि यस समस्याको केही हदसम्म समाधान त भएको हो, तरपनि कहिलेकाँही एउटा अक्षर टाइप गर्नपनि विभिन्न कोडहरु चाहिने, साथै यसमा अनेक नयाँ अक्षरहरू पनि छन् जसलाई पहिले Alt+xxx कोडबाट ल्याउन पर्थ्यो जस्तै S = ङ्क, D = ङ्ग, T = ट्ट आदि । झट्ट सोच्दा यसले गर्दा टाइप गर्न सजिलो हुन्छ जस्तो लाग्छ तर हामी ttf लेआउटमा हात बसेकाहरूलाई भने यसले झनै अप्ठेरो बनाएको पाएँ । एक त यी अक्षरहरू धेरै चाहिने हैन (W = ड्ढ कहिल्यै प्रयोग गर्नु भएको छ ?) त्यसमाथि धेरै प्रयोग भएर हात गैराख्ने S = क्‍  हान्न खोज्दा ङ्क आइदिन्छ तीन चोटि Backspace हान्न पर्ने गरि । त्यसमाथि चाहिराख्ने चिन्हहरू जस्तै , : ? - हरू चाहि Ctrl Alt सँग थिच्न पर्ने भाको छ ।

Windows 7 देखि Nepali भन्ने लेआउट पाइन्छ जो लगभग हुबहु प्रीति लेआउटसँग मिल्छ तर यसमा धेरै अक्षरहरू नै छैनन् । Linux मा त झन् आधा आधि मात्र चल्ने Traditional लेआउट भेटिन्छ । यी सबबाट आजित भएकाे अवस्थामा नेपाली  टंकणले एउटा नयाँ लेआउट बनाएको छ, जसलाइ मैले यहाँबाट डाउनलाेड गर्ने व्यवस्था मिलाएकाेछु ।

Windows परम्परागत सफ्टवेयर डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

Windows सफ्टवेयर डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

Linux सफ्टवेयर डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

लेआउट Image डाउनलोड गर्न यहाँ  क्लिक गर्नुहाेस् ।