सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Wednesday, January 31, 2018

Holy Bath at Shali nadi ।। शाली नदिमा नुहाउँदै श्री स्वस्थानी व्रतालुहरु

आज माघ शुक्ल पूर्णिमा, श्री स्वस्थानी व्रत समाप्ती । शालीनदिमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ रे हेर्न जाने हैन ??

Thursday, January 4, 2018

कपिराइटको कमाल...

यो भिडियो कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, नयाँपुल स्थित श्री संगम इङ्लिस बोरि्डङ स्कुलका विद्यार्थीहरूले त्यहाँ मनाइएको नेपाल दिवशको दिनमा एउटा नेपाली गितमा नाचेको बेला मैले खिचेको हुँ । यसलाई युटुब मा अपलोड गर्ने क्रममा यो भिडियोमा भएको म्युजिकको कपिराइट मेसेजका कारण मैले त्यसमा भएको गित हटाएँ र कपिराइट नलाग्ने म्युजिक राखेँ, त्यसपछि यो भिडियोको हालत यस्तो भयो । हजुरहरु पनि सजग रहनुहोला, हजुरहरुले खिचेका भिडियोहरुमा पनि कतै कपिराइट क्लेम त छैन ? हुन त कपिराइट क्लेम हुनुपनि राम्रै हो, तर अब कता कुन दिन मजासँग पिकनिकमा गित बजाएर नाचेको बेला पनि मेरो कपिराइट भएको गितमा किन नाचिस् भन्दै मान्छे पक्डिन आउने पो हुन् कि भन्ने पो पिर पर्यो त...

Wednesday, January 3, 2018

निखिल उप्रेतीको नक्कल गर्दा झण्डै गएन ज्यान....

निखिल उप्रेती नेपाली चलचित्रमा स्टन्ट लिएर आएका नायक हुन् । उनको पहिलो चलचित्र पिँजडा हेर्दा म सानैँ थिएँ, तरपनि त्यो चलचित्र हेरेदेखि नै म उनको फ्यान बनेको हुँ । त्यसपछि त उनका चलचित्रहरु नियमित जस्तै हेर्न थालेँ । उनको जस्तै स्टाइलमा अभिनय गर्न पाए... त्यसैगरि उडि उडि किक हान्न पाए... भन्ने लागिरहन्थ्यो । उनि त हिरो, जे पनि गर्न सक्छन् तर म बबुरो... जस्तो लाग्थ्यो । कर्तव्य चलचित्रमा जस्तै लट्ठी घुमाउँछु भन्दा कतिपटक आफ्नै टाउकोमा चोट लाग्यो, मायाको जाल चलचित्रमा जस्तै पुलमा हिँड्न खोजेँ, कहालिएर झण्डै खसिन । मलाई लाग्छ, नेपाली चलचित्रमा डरलाग्दा स्टन्ट भित्र्याउने नायक नै निखिल हुन् । म उनिजस्तो बन्न चाहेर पनि बन्न सक्ने कुरा त थिएन तरपनि कहिले काहिँ दिमागमा उनको जस्तै स्टन्ट गर्ने भूत सवार हुन्थ्यो । कुनै एउटा चलचित्रको दृश्यमा निखिलले आफ्नो शरीरमा आगो लगाएका थिए, त्यो देखेपछि मलाई पनि त्यस्तै गर्ने अनि फोटो खिच्ने जोश उठ्यो । त्यसबेला अहिले जस्तो डिजिटल क्यामेरा छ्याप्छ्याप्ती थिएन । रिल राख्ने क्यामेरा चाहिँ कताकति पाइन्थ्यो । क्यामेराको एउटा रिलमा ३५-३६ वटाजति फोटो खिच्न मिल्थ्यो र रिल सकिएपछि कलर ल्याबमा लगेर धुलाउनु पर्थ्यो । क्यामेरा, रिल र ब्याट्रीको जोहो गरेपछि एउटा पुरानो सिरकको खोल च्यातेर हातमा बाधेँ, अनि मटि्टतेल खन्याएर आगो लगाएँ । साथी रामप्रसाद भण्डारीलाई फोटो खिच्न भनेको थिएँ, तर आगो लगाउने बित्तिकै मेरो हातमा बाँधिएको कपडा ह्वारह्वार बल्न थाल्यो । हामी दुबैजना आत्तियौँ, आगोको ज्वालाले दारी र कपालमा चुरुरु आवाज आउन थालिसकेको थियो । तरपनि म चाहन्थेँ, फोटो खिचियोस् नत्र त्यो सब परिश्रम बेकार हुनेछ । मेरो हात पोल्न थालिसकेको थियो, साथीलाई "फोटो खिच्नुभयो ?" भनेर सोधेँ । वहाँले "खिचेँ " भन्नासाथ म आगो निभाउनका लागि बाल्टीनमा तयार पारेको पानीमा हत्त न पत्त हात डुबाउन खोजेँ तर एक्कासी हात तल लैजाँदा हावाको बेगले आगो मेरो अनुहारमा आयो । अलि अलि पोलेपनि त्यसले गम्भिर असर चाहिँ परेन । आगो निभेपछि झुम्रा फुकाएँ, हात चाहिँ बेस्सरी गुम्सीएको रहेछ । तनाव केहीदिन सम्म थियो, फोटो आयो कि आएन होला... यी, यस्तो आएको रहेछ फोटो ।

Tuesday, January 2, 2018

कपी पेस्टका भरमा चल्छन् मिडिया । पोखरामा समाधान दैनिकले समेत दियो झुटो समाचार ।

आजकल मिडिया चलाउन एकदमै सजिलो भएको छ । एकजनाले एक ठाउँमा बसेर लेखेको समाचार इन्टरनेटका माध्यमबाट क्षणभरमै विश्वका कुना कुनामा पुग्छ । अनि विभिन्न अनलाइन न्युज पोर्टल, एफ एम रेडियो तथा टेलिभिजन च्यानलहरुले समेत आफ्ना सम्बाददाताको हवाला दिँदै जोडतोडले समाचार प्रकाशन र प्रशारण गर्छन् । एसो दुइचारवटा अक्षर र शब्द तलमाथी गरेर चोरी चोरी बनाएको समाचार प्रकाशन र प्रशारण गर्दा आफूले कहाँबाट साभार गरेको भनेर खुलाउने कुरा पनि भएन अनि त सबैतिर उहि समाचार फैलन्छ, कहिलेकाहिँ समाचारको सत्यतथ्य छानबिन नै नगरी यसरी प्रकाशन र प्रशारण गरिने समाचारले मिडियाको विश्वसनियता माथी नै प्रश्न उठाउने रहेछ । यस्तै भएको छ पोखरामा पनि । पोखराको समाधान दैनिक पत्रिकाले हिजो अनलाईन संस्करणमा पत्रकार अमृत सुवेदीको नामबाट "कास्कीको ल्वाङ होमस्टेमा बाबुरामसहित भूमिगत बैठक" शिर्षकमा र आज छापा संस्करणमा समाधान संवाददाता भनि ल्वाङमा नयाँशक्तिको बैठक शिर्षकमा स्रोत नखुलाई दिइएको समाचारमा कास्कीको हेम्जादेखि खोराको मुखसम्म पिचबाटो छ भनिएको छ, जबकि खोराको मुखसम्म त परै छाडौँ, झिझिर्का सम्मको पिचबाटो पनि हाल कच्ची भइसकेको छ । खासमा ल्वाङ जाँदा पिचबाटो भनेको मेलबोट सम्म मात्रै हो । जुनकुरा यस पत्रिकाका प्रधान सम्पादक नारायण कार्की लाई समेत अवगत छ । हिजो नै अनलाईन संस्करणमा एकजना मित्रले त्यससम्बन्धमा प्रतिक्रिया दिइसक्नुभएको छ भने सामाजिक सञ्जालमा समेत त्यस सम्बन्धमा प्रतिक्रिया आएका भएपनि आजसमेत सोही गलत कुरा नसच्याइ प्रकाशन गर्नु समाधानको लापरबाही नै हो भन्ने हाम्लाइ लाइराख्या छ । for full story, please go to www.tikagautam.com.np
स्थानिय राम गुरुङको नाम पनि छ त, कि राम गुरुङले नै भन्नु भएको हो र त्यस्तो ?

पोखराको लेकसाइडमा यसरी स्वागत गरियो नयाँ वर्षलाई

पोखराको लेकसाइडमा २०७४ पौष १६ गतेको मध्यरात अर्थात् डिसेम्बर ३१, २०१७ को राती ठिक १२ बजे आतसबाजी गर्दै नयाँ वर्षलाईयसरी स्वागत गरियो । हजारौँ दर्शकहरु आतसबाजीलाई नजिकबाट प्रत्यक्ष हेर्न लेकसाइड पुगेका थिए । सडकमै सबैथोक राखेर मनाइएको यसपालीको सडक महोत्सवले विशेषगरी खाना, संगीत र संस्कृतिलाई महत्त्व दिएको थियो । दिनभर विभिन्न स्थानीय र राष्टि्रय कलाकारहरुले मनोरन्जन दिएभने दर्शकहरुको साथ कलाकारहरुले राती १२ बजे सम्म पनि छाडेनन् । यसपालीको सडक महोत्सवको राम्रो पक्ष भनेको पोखराका विभिन्न ठाउँमा पुग्नका लागि रात्री बसको समेत व्यवस्था गरिएको थियो, जसले गर्दा आफ्नो निजी सवारी साधन नहुने दर्शकहरु समेत निर्धक्क भएर राती अबेरसम्म लेकसाइडको चहलपहलमा रम्न पाए । अनि हजुर चाहिँ कहाँ हुनुहुन्थ्यो त्यस दिन ? जानु भयो कि भएन लेकर्साईड ? जानुभएको भए त प्रत्यक्ष नै हेर्नुभयो होला, नजानुभएको भएपनि केही छैन, मैले हजुरको लागि भनेर यहाँ एउटा भिडियो अपलोड गर्देको छु नि त । हजुरले पनि नजर गर्नुस् न त यो तलको भिडियो ।

Monday, January 1, 2018

डा. बाबुराम भट्टराइ ल्वाङ होमस्टेमा

यो समाचार अनलाइन खबरमा प्रकाशित भएको थियो, एउटा साइटमा आइसकेको न्यूज अर्को साइटमा आउनुको अरु कुनै कारण हुँदैन । केवल अन्त्यको वाक्य पढ्नुहोला ।
१७ पुस, पोखरा । चुनावी नतिजा र अबको बाटो के हुने भन्ने विषयमा समीक्षा गर्न नयाँ शक्ति पार्टीको बैठक बस्दैछ । मंगलबारदेखि कास्कीको ल्वाङ होमस्टेमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक सुरु हुँदैछ । ३ दिनसम्म भूमिगत शैलीमा हुने समीक्षा बैठकमा स्थापनादेखि निर्वाचनसम्म नयाँ शक्तिले लिएको बाटो र आगामी रणनीतिबारे छलफल हुनेछ ।
‘नयाँ शक्तिले प्रतिपादन गरेको नीति, अहिलेसम्मको यात्रा र भावी रणनीतिका विषयमा गम्भीर छलफल हुनेछ,’ नयाँ शक्तिका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले अनलाइनखबरलाई भने, ‘गम्भीर छलफलमा सबैले खुला रुपमा आफ्ना कुरा राख्न पाउनेछन् ।’
सबैले कुरा राख्ने वातावरण मिलोस् र भूमिगत रुपमा छलफल गरेर एउटा निचोट निकाल्न ल्वाङ होम स्टेमा समीक्षा बैठक राखिएको सिंहले जानकारी दिए । चुनावी समीक्षा तथा आगामी रणनीतिबारे छलफल गर्न ल्वाङ होमस्टे रोजिएको नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले बताइन् ।
‘शान्त ठाउँको खोजि गर्दा कास्कीको ल्वाङ उपयुक्त भेटौं,’ नायिकासमेत रहेकी करिश्माले भनिन्, ‘गाउँ तथा होमस्टेलाई प्रमोट गर्न र पार्टीकै ऐतिहासिक रणनीतिक समीक्षा भएको ठाउँको रुपमा सन्देश दिन पनि ल्वाङ होम स्टे रोजेका हौं ।’
वैठकमा केन्द्रीय कार्यकारी तथा आमन्त्रित कार्यकारी सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का गरी २ सय ५० भन्दा बढी सहभागी हुने बताइएको छ ।
पुरानै कुनै पार्टीमा मिल्ने वा यही बाटो रोज्ने ?
नयाँ शक्ति पार्टी नेपाल स्थापना गर्दाताका भन्दा किन कमजोर बन्यो ? स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अपेक्षाकृत नजिता किन ल्याउन सकेन ? अब हिँडिरहेकै बाटो हिँड्ने कि नयाँ रोज्ने भन्ने विषयमा ल्वाङ होमस्टे वैठकले तय गर्ने नेताहरुले बताएका छन् ।
‘नयाँ शक्तिले आˆनो एजेण्डा जनतलाई बुझाउन सकेन कि जनताले नै बुझेनन् भन्ने विषयमा छलफल गर्नेछौं’ प्रचार विभाग प्रमुख प्रशान्त सिंहले भने, ‘पोखरा घोषणा पत्र नै जारी गरेर अबको रणनीति बनाउन तयारी हुँदैछ ।’
नयाँ शक्तिलाई कस्तो खालको राजनीतिक पार्टी बनाउने भन्ने विषयमा ल्वाङ वैठकले एउटा निचोड निकाल्ने सिंहको भनाइ छ ।
नयाँ शक्तिले लिएका एजेण्डालाई अरु पार्टीले प्रयोग गरेर जनताको मत जित्दा नयाँ शक्तिले चाहिँ किन जनतासम्म आˆना एजेण्डा पुर्यािउन सकेन भन्ने विषयमा गम्भीर छलफल हुने युवा नेता सौगात पोखरेलले जानकारी दिए ।
पुरानै राजनीतिक शक्ति कांग्रेस वा वाम गठबन्धनमा मिसिने कि वैकल्पिक राजनीतिक शक्तिकै रुपमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने भन्ने विषयमा एउटा निचोड निकालिने बताइएको छ ।
मंगलबारदेखि सुरु हुने वैठकमा सहभागी हुन केन्द्रीय कार्यकारी सदस्य पोखरा आइसकेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने ल्वाङ होमस्टे पोखरादेखि झन्डै १३ किलोमिटर उत्तरपश्चिममा पर्छ । ल्वाङ पुग्न हेमजादेखि खोराको मुखसम्म पिच बाटो छ भने बाँकी कच्ची सडक हुँदै जानुपर्छ । (अनलाइनखबरलाई खोराकोमुखसम्म पिचबाटो छैन भन्ने के थाहा...)
२०७४ पुष १७ गते १५:०२ मा प्रकाशित onlinekhabar