सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, November 27, 2017

विहे विन्ध्यवासिनीमा, छोरी मणिपालमा

एकजना साथीले मलाई सोध्नुभयो, "तपाईले बिहे कहाँबाट गर्नुभएको ?" मैले भनेँ, "विन्ध्यवासिनी मन्दिरबाट ।" वहाँले मलाई यसरी हेर्नुभयो कि त्यहाँबाट बिहे शायद गर्नु नै आठौँ आश्चर्य हो ।

विवाह भएको आज आठ वर्ष पूरा भएछ । यस बिचमा हामीलाई पुत्रीलाभ भयो । सोध्नुहुन्न ? "छोरी कहाँ पाएको ?" मणिपाल हस्पिटलमा ।

Tuesday, November 21, 2017

"प्रेमालय" पढ्ने युवकले गरे आत्महत्या ।

मान्छे सन्की भएपछि केही लाग्दैन, प्रेम पाउनका लागि अरुको हत्या गर्ने र आफूले चाहेको प्रेम नपाउँदा आत्महत्या गर्न समेत पछि नपर्ने घटना हामीले पढ्दै र सुन्दै आएका छौँ । प्रशंग हो हालै बजारमा आएको उपन्यास "प्रेमालय" को । "प्रेमालय" केही विशेष छ जस्तो त मलाई शुरुदेखि नै लागेको थियो, किनभने लोकप्रिय पत्रिका साप्ताहिकका सर्वप्रिय लेखक । युवामनलाई छोएर लेख्नसक्ने सुन्दर छवि बनाएका लेखक अश्विनी कोइरालाले लेखेको उपन्यास हो प्रेमालय । त्यसकारण पनि यसपटक मलाई प्रतिक्षा  थियो यो उपन्यासको ।
पुस्तक पढ्न एकान्त चाहिन्छ मलाई । पुस्तक पढ्न शुरु गरेपछि पुस्तकबाट आँखा हटाउनै मन नलाग्ने तर समय मिलाउनै गाह««ो । हातमुख जोड्ने प्रपञ्चका लागि बिहान सबेरैदेखि कुद्नु पर्ने बाध्यताका बीच बचेखुचेको समय निकालेर, कहिले चौरमा बसेर, कहिले बिस्तरामा पल्टेर, कहिले प्रतिक्षालयमा, कहिले कता, कहिले कता गरेर "प्रेमालय" पढिछाडेँ ।
मलाई कुनैपनि पुस्तक खासगरी औपन्यासिक विधा पढ्दैजाँदा त्यसका पात्रहरूका छेउछाऊमा आफूलाई पनि उभ्याउन मन लाग्छ, कहिले कथाले कल्पना गरेका बस्तीहरूका भित्रि बाटोमा म हिँडिरहेको छु अनि ती पात्रहरूलाई मैले पनि चिनेको छु जस्तै लाग्छ । सहज मेरो कलेजको साथी हो अनि गजमेर प्रेमालयमा भेट भएको मित्र हो जस्तै लाग्यो । गुराँश, वासन्ती सबैलाई म नजिकबाट चिन्छु झैँ लाग्यो अनि ऋषभ सरको अगाडी बसेर घन्टौ वहाँका कुरा सुनेको छु जस्तै लाग्यो यसपटक ।
प्रेमको प्रमाण खोज्नेहरुका लागि गतिलो झापड हो "प्रेमालय" । प्रेमलाई लगेर यौनमा टुङ्ग्याउन खोज्ने काइते प्रेमीहरूका लागि
>गहकिलो जवाफ हो प्रेमालय । प्रेम गरेपछि त्यसलाई विवाहमा लगेर समापन गर्नुपर्छ भन्ने सङ्किर्ण विचारधारीहरूका लागि औषधि हो प्रेमालय । प्रेमको विषय आफैँमा गम्भिर छ र यसको अध्ययन त झनै गम्भिर । वास्तवमै यो संसारमा प्रेमशाश्त्र पढाईहुने कलेज स्थापना भयो भने त्यसको श्रेय प्रेमायलका परिकल्पनाकारलाई नै जान्छ । प्रेम र यौनको विषयलाई बडो गहिरिएर उजागर गरिएको यो उपन्यास भाग १ मात्र हो जस्तो लाग्यो । सरल र सरस तरिकाले लेखिएको यो उपन्यासको विशेषता भनेको पढुञ्जेलसम्म पाठकलाई खुल्दुल बनाईराख्न सक्नु नै हो । कतिपय अनावश्यक शब्दजालहरूका कारण पाठकलाई लाग्न सक्ने बोरिङलाई छाड्ने हो भने उपन्यास उत्कृट छ । तथापि गम्भिर विषयमा उत्तरआधुनिक उपन्यास पढ्ने बानी परेका कल्पनाशील पाठकका लागि भने "प्रेमालय"को कोर्स अधुरो हुन सक्छ ।
जहाँ प्रेम हुन्छ, त्यहाँ न घृणा हुन्छ, न रीस हुन्छ, न इगो हुन्छ, न इश्र्या हुन्छ । जताततै प्रेम नै प्रेम हुन्छ । आफूले प्रेम गरेको मान्छेलाई अरुले पनि प्रेम गर्छ भन्नेकुरा थाहा पाउँदा मुटु जल्छ भने त्यो प्रेम नै होइन । प्रेम गरेको मानिससँग यौन सम्बन्ध स्थापित गर्नैपर्छ भन्ने सोचमा नै कमजोरी छ । प्रेम गर्नका लागि न कुनै खास उमेर तोकिएको हुन्छ, न त स्थान र अवस्था नै । यी र यस्तै धेरै कुराहरू सिकाउँछ प्रेमालयले । प्रेमलाई साँघुरो परिभाषाभित्र  खुम्च्याउने कुचेष्टा प्रेमालयले कदापी गरेको छैन । यद्यपी प्रेमालय पढिसक्दा अन्त्यमा के पुगेन के पुगेन जस्तो चाहिँ लागिरह्यो । प्रेमका बारेमा लेखिएको पुस्तक खोजी खोजी पढ्ने म जस्ता पाठकका लागि यतिले मात्रै धित मर्दै मरेन । आजकल उपन्यास वियोगान्त बनाउने होडबाजी चलेको छ, शायद त्यसैले होला, प्रेमालयमा गएर प्रेमशाश्त्र पढ्ने सहज र गुरु ऋषभ दुबैको लेखकले अनायासै हत्या गरेका छन् । त्यसकारण पनि उपन्यासमा अझै धेरै लेख्न सकिने ठाउँ हुँदा हुदै पनि मूलपात्रलाई आफ्नै गुरुको हत्या गरि आत्महत्या गर्न लगाएर लेखकले गर्न खोजेको के हो ? भन्ने प्रश्न मनमा मडारिइरह्यो । कतिपय लेखकिय कमजोरीलाई स्विाकारेर अर्को प्रयास गर्ने हो भने, अर्थात भनौँ, "प्रेमालय २" आयो भने, मलाई आशा एवं विश्वास छ, सुपर डुपर हिट हुनेगरी आउनेछ । जब मैले लेखकलाई सोधेँ, "प्रेमालय २" कहिले आउँछ ? वहाँले हाँसेर टारिदिनुभयो ।

Wednesday, November 8, 2017

यस्तो पनि हुँदो रैछ गण्डकी हस्पिटलमा

सबैले भन्ने गरेको गण्डकी हस्पिटल अर्थात् पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको नाम सुन्ने बित्तिकै सबैलाई त्यहाँको भिडभाड, सास्ती, झञ्झट फोहोर, झर्कोफर्को अनि अत्यासलाग्दो वातावरण मन मष्तिस्कमा आइहाल्छ, जुन स्वाभाविक पनि हो । टिकट काट्न मात्रै घन्टौँ लाममा बस्नुपनर्ने, बल्लतल्ल टिकट काट्यो, डाक्टरलाई भेट्न उस्तै सास्ती, पैसा बुझाउन उस्तै झन्झट, नमूना संकलन गर्ने ठाउँमा उस्तै भिड, रिपोर्ट आउन उस्तै ढिलाई बल्लतल्ल रिपोर्ट लिएर आइपुग्दा डाक्टरसाब नै टाप । अनि फेरी

Tuesday, November 7, 2017

Black Cardamom (Elaichi) hunting in Koleli ( With Video)

Elaichi (Black Cardamom) is one of the famous crops. It is planted hilly area of Nepal. It's called black gold of Nepal. You can get a bit information about it by watching this video.

Saturday, November 4, 2017

सफल शिक्षकलाई "हार्दिक बधाई"

तपाई शिक्षक हुनुहुन्छ ? पत्रपत्रिकामा फोटोसहित हार्दिक बधाई लेखाउन तपाइलाई रहर लागेको छ ? हार्दिक बधाई पाउन सफल एकजना प्रतिनिधि पात्रको कथा यहाँ प्रकाशित भएको छ । कथालाई केवल कथाको रुपमा ग्रहण गर्नुहोला, कसैको वास्तविक जीवनसँग मेल खान पनि सक्छ, त्यो मेरो गल्ति हैन ।

वास्तविकता यस्तो छ -
पञ्चायती कालो व्यवस्था, देशमा बसिसक्नु टिकिसक्नु छैन । घरको समस्या उस्तै, दुइ छाक टार्न पनि धौ धौ । पढ्न लेख्न त कति नै मन थियो नि, भएर के गर्नु ? जसोतसो आठ कक्षासम्म त पढेकै हो, त्यसपछि गाउँमा माध्यमिक विद्यालय थिएन, टाढा गएर पढ्न सक्ने क्षमता भएन । घरको समस्याले कहाँ जाउँ र के गरौँ भएका बेला इन्डियाबाट लाहुरे दाई टुप्लुक्क आइपुग्छन् । लाहुरका मिठा मिठा कुरा सुन्दा आज जाउँ कि भोलि जाउँ भनेजस्तो हुन्छ, नभन्दै लाउरेसँगै इन्डिया टाप कस्ने मेलोमेसो पनि जुर्छ । भर्ती हुन कोसिस पनि नगरेको हैन, भर्ती हुन लेख्या रैनछ, भाँडा माझ्न पो लेख्या रैछ ।

Friday, November 3, 2017

मैले खिचेका यी तस्विरहरू....

आजको युग सञ्चारको युग, झनै यो इन्टरनेट र पकेट गजेटले त लाइफमा चेन्ज नै ल्याईदियो । अब कुनैपनि काम गर्न व्यवसायिकता नै नचाहिने भयो । म कुनै व्यवसायिक फोटोग्राफर हैन, र पनि "मैले खिचेको" भन्नुमा गर्व गर्न मन लाग्यो यी तस्विरहरू हेर्दा । तपाईलाई चाहिँ कस्ता लागे यी, प्रतिक्रिया चाहन्छु ।