यो भिडियो कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, नयाँपुल स्थित श्री संगम इङ्लिस बोरि्डङ स्कुलका विद्यार्थीहरूले त्यहाँ मनाइएको नेपाल दिवशको दिनमा एउटा नेपाली गितमा नाचेको बेला मैले खिचेको हुँ । यसलाई युटुब मा अपलोड गर्ने क्रममा यो भिडियोमा भएको म्युजिकको कपिराइट मेसेजका कारण मैले त्यसमा भएको गित हटाएँ र कपिराइट नलाग्ने म्युजिक राखेँ, त्यसपछि यो भिडियोको हालत यस्तो भयो । हजुरहरु पनि सजग रहनुहोला, हजुरहरुले खिचेका भिडियोहरुमा पनि कतै कपिराइट क्लेम त छैन ? हुन त कपिराइट क्लेम हुनुपनि राम्रै हो, तर अब कता कुन दिन मजासँग पिकनिकमा गित बजाएर नाचेको बेला पनि मेरो कपिराइट भएको गितमा किन नाचिस् भन्दै मान्छे पक्डिन आउने पो हुन् कि भन्ने पो पिर पर्यो त...
No comments:
Post a Comment