सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Thursday, February 22, 2018

फेसबुकमा फोटो राखेर ठूलो गल्ती भयो, धेरै पछुतो लाग्यो ।

आजकल इन्टरनेटको अर्को नाम नै फेसबुक जस्तो भइसकेको छ । जो कसैले पनि सहज रुपमा पहुँच राख्ने फेसबुकमा आफ्ना वा आफूले खिचेका तस्विरहरू अपलोड गर्ने र शेयर गर्ने काम सामान्य नै भइसक्यो । मानिसहरू राम्रो फोटो खिचेपछि फेसबुकमा पोस्ट गर्न आतुर देखिन्छन् । तर मलाई भने फेसबुकमा फोटो अपलोड गरेकोमा धेरै ठूलो पछुतो लागेको छ । हजुरहरूलाई खुल्दुली हुनु स्वभाविकै हो, हैन, फेसबुकमा फोटो अपलोड गर्दैमा किन पछुताउनु - तर मैले फेसबुकलाई विश्वास गरेर ठूलै गल्ती गरेछु । फेसबुकमा फोटो राखेपनि त्यसको ब्यकअप आफ्नो पर्सनल ड्राइभमा नराख्नु नै मेरो भूल भयो । जसले गर्दा मेरा ती सयौँ फोटोहरूको क्वालिटि मैले गुमाइसकेको छु । फेसबुकले फोटो अपलोड गर्न त दियो तर त्यसले प्रयोगकर्ताका फोटोको रिजुलेसन हृवात्तै घटाएर क्वालिटि खत्तम पारिदियो । शुरु शुरुमा मलाई त्यसको हेक्का नै भएन, तर जब मैले त्यो महशुस गरेँ, धेरै ढिलो भइसकेको थियो र मैले आफ्ना सयौँ गुणस्तरिय फोटाहरू गुमाइसकेको थिएँ ।

2 comments:

  1. Facebook फोटो राख्ने साइट होइन, शेयर गर्ने साइट पो हो त!

    ReplyDelete