सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Sunday, December 31, 2017

पोखरामा रेडलाइट एरिया !

पुस महिनाको चिसो मौसम साँझको बेला । पोखराको लेकसाइडमा चलिरहेको सडक महोत्सव हेर्न म साँझपख निस्केँ । दिउँसोभरी जागिरको तनाव र थकान पनि केहि दूर हुने अनि रिफ्रेस पनि भइने आशाले म निस्केँ । जानु त लेकसाइड थियो तर किन किन आज पोखराका मुख्य र भित्रिबजारहरु चक्कर लगाउन मन लाग्यो । त्यसकारण म काहुँखोला, बाँझापाटन, मियाँपाटन, अमरसिँह चोक, रामघाट, रानीपौवा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक (हालको लखनचोक), सभागृहचोक, सृजनाचोक, आलुमाइला, न्युरोड, चिप्लेढुंगा, गैह्रापाटन, पालिखेचोक, नदिपुर, फुलबारी, भिमकालीपाटन, ट्याक्सीचोक, बगर, सिम्पानी, हरिचोक, मिरुवा, अर्चलबोट, बाग्लुङ बसपार्क, फिर्के, पर्स्याङ, जिरो कि.मी., मासबार, गैरिखेत, सिमलचौर, रत्नचोक, एयरपोर्ट, मुस्ताङचोक, घारीपाटन, छोरेपाटन, बिरौटा (तमु हृयुला चोक), डेमसाइड, सहिदचोक हुँदै लेकसाइड पुगेँ । यति ठाउँहरु घुम्ने क्रममा मैले विविध किसिमका दृश्यहरु देखेँ, सबै दृश्यको फोटो खिचेर पनि साध्य भएन र शब्दमा वर्णन गरेर पनि साध्य भएन । कुनैकुनै चोकमा साँझको बेलामा म नेपालको शहरमा नभएर कुनै बिदेशी शहरमा त घुमिरेको त छैन भन्ने भान पनि हुन्थ्यो । कुनै स्थानहरु सम्साँझै सुनसान थिए भने कतै दोहोरी घन्किएको, कतै बिदेशी गीत घन्किएको सुनिन्थ्यो । जाडोको मौसम भएकोले कतै मज्जाले शिरदेखि पाउसम्म बाक्ला कपडा लगाएका मानिसहरु देखिन्थे भने कतै यिनिहरुको जाडो त बोकाले खान्छ कि भनेझैँ गरि अर्धनग्न नारीहरु पनि देखिन्थे । एउटा ठाउँमा राता बत्तीहरु मात्रै बलेको क्षेत्र रेडलाईट एरिया देखेँ अनि हत्त न पत्त मोबाइल झिकेर फोटो खिचेँ । अब यी फोटोहरु हेरेर हजुरले नै पत्ता लगाउनुहोस् पोखरामा रेडलाईट एरिया कहाँ रहेछ ।

Saturday, December 30, 2017

घलेलमा ल्होसार मेला २०७४ शुरु

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा अवस्थित घलेल गाउँमा ल्होसार मेला २०७४ शुरु भएको छ । मेलाको पहिलाो दिन आज तमु ल्होसार पर्वको दिन भएकोले लामा गुरु कर्म गुरङको नेतृत्वमा विश्वशान्तिको कामना गर्दै पूजापाठ गरि मेलाको शुरुवात भएको छ । पौष २१ गते सम्म चल्ने मेलामा पुरुष भलिबल तर्फ २८ टिम दर्ता भइसकेका छन् भने लाहाचोक स्रोतकेन्द्र स्तरिय भलिवल प्रतियोगिता साथै विद्यालय स्तरिय अन्य प्रतियोगिताहरु भोलिदेखि सञ्चालन हुनेछन् ।

Tuesday, December 26, 2017

यसरी पनि हुन्छ विद्यालयमा सुचना प्रविधिको प्रयोग

बिहानको दश बज्यो, कास्की जिल्लाको मादी गाउँपालिका स्थित चण्डिका आधारभूत विद्यालयको स्वचालित विद्युतीय घण्टीले टिरिरिरिरिट्टङ गरेर समय संकेत गर्‍यो । घण्टी बजाउन न पालेदाई चाहिन्छ, न त समय हेर्ने झन्झट नै । चाहे पहिलो घण्टी दोश्रो घण्टी होस् वा खाजा खाने छुट्टी सबै समय घण्टीलाई कण्ठस्थ छ, त्यसैले जति घण्टी लगाउनुपर्ने हो, त्यति पटक घण्टि आफैँ बज्छ ।
समस्या यस्तो थियो---
विद्यालयमा पियन छैनन् । शिक्षक दरबन्दी अपुग भएका कारण विद्यालय कर्मचारीको दरबन्दीमा समेत विद्यालयले आन्तरिक श्रोतबाट तलब दिएर भएपनि शिक्षक नै नियुक्त गरेको छ । अंग्रेजी माध्यममा पर्ढाईहुने यस विद्यालयमा सबैकुरा नियम अनुसार चल्छ । हरेक कक्षामा प्रत्येक दिन एकजना मनिटरको पालो हुन्छ, कक्षाकोठाको ढोका खोल्ने बन्द गर्ने र सफा राख्ने जिम्मा मनिटरको हुन्छ । अफिस र लाईब्रेरी जुन शिक्षक पहिले पुग्यो उनैले खोल्छन् र सफा गर्छन् । प्रायः पौने दश बजे वा सो भन्दा अगाडि नै सबैजना पुगिसकेका हुन्छन् । तरपनि पियन नभएका कारण कक्षामा पढाइरहेका शिक्षक गएर घण्टी बजाउन समस्या भयो । “कहिलेकाहिँ त पढाइ चलिरहँदा समयको समेत याद नहुने हुँदा घण्टी बजाइमा समेत तलमाथी पर्थ्यो”, विद्यालयका प्र।अ। जमानबहादुर गुरुङ स्मरण गर्नुहुन्छ । घण्टी बजाउने समस्या समाधान गर्न बजारमा आफैँ बज्ने घण्टी पाइन्छ कि भनेर खोज्दै हिँडियो, तर पाईएन। गुरुङ अगाडि भन्नुहुन्छ, “मोबाइलमा अलार्म लगाउने र स्पिकरमा जोड्ने सोँच पनि आयो, त्यो पनि फलदायी भएन । समय संकेत त भयो, तर एक घण्टीमा एकपटक, दुइ घण्टीमा दुइपटक बज्नेकाम भएन ।”
कसरी सम्भव भयो ?
विद्यालयका प्रअ गुरुङ मात्रै हैन शिक्षक टिकाराम गौतम समेत विद्यालयको हितका बारेमा सोचिरहन्छन् ।विद्यालयमा कुनै नयाँ काम र प्रविधि भित्र्याउन कटिबद्द यी शिक्षकहरू विद्यालय समय बाहेक अन्य समयमा समेत विद्यालयका समस्या समाधानमा प्रयत्नरत हुन्छन् । कम्प्युटर विज्ञान विषयका शिक्षक टिकाराम गौतम र साथी झलकराज लामिछानेले छुट्टीको दिनमा घुम्न जाँदा बनाएको योजना व्यवहारमा लागु गर्दा विद्यालयमा यो सम्भव भएको हो । लामिछाने इलेक्ट्रोनिक र कम्प्युटर सफ्टवयर तथा हार्डवयर विज्ञ हुन् भने गौतम कम्प्युटर सफ्टवेयरका ज्ञाता । गौतम सफ्टवेरका सानातिना समस्या आफैँ सुल्झाउँछन् र जटिल समस्याका लागि चाहिँ इन्जिनियर मित्र लामिछानेको सहयोग लिन्छन् । दुबैको अथक प्रयासले साकार रुप तब लियो जब यिनिहरुले निर्माण गरेको एक विशेष डिभाईस जडान गरेपछि विद्यालयमा अटोमेटिक घन्टी बज्न थाल्यो ।
विशेषता के छन् ?
१ यो विद्युतिय घण्टीलाई कम्प्युटरको प्रोगामद्वारा सञ्चालन गरिने हुँदा आफूले चाहेको समयमा बज्ने बनाउन सकिन्छ ।
२ छुटि्टको दिनमा नबज्ने र अन्य दिनमा बज्ने गरि डिजाइन गरिएको छ ।
३ यसमा कुनैपनि किसिमका विद्युतिय घन्टी जोडेर काम गर्न सकिन्छ ।
४ परीक्षाको समयमा बज्ने समय तालिका र अन्य विद्यालय समयको समय तालिका फरक फरक हुने भए सोही अनुरुप प्रोग्राम सेट गर्न सकिन्छ ।
५ घडि हेरिरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ ।
६ तोकिएको समयमा मात्रै घण्टी बज्छ, समय अगावै वा पछि घन्टी बज्ने समस्या हुँदैन ।
७ विद्यालयमा पालेदाइको सट्टामा शिक्षक नै नियुक्त गरि पठनपाठन अझै गुणस्तरिय बनाउन सकिन्छ ।
८ दिनमा कैयौँ पटक घन्टी बजाउँदा बजाउँदा पालेदाइहरु कानको समस्याले पिडित हुन्थे, अब यो समस्याबाट पनि मुक्ति मिल्ने देखिन्छ ।
बिजुली बत्ती नहुँदा के हुन्छ ?
विद्युतीय घण्टी भएका कारण बिजुली नभइ हुँदैन, तरपनि यसको बिकल्पमा युपिएस, इन्भर्टर जस्ता उपकरण पनि प्रयोग गर्न सकिन्छ, तथापि चण्डिका विद्यालयमा भने त्यो समस्या पनि हुनेछैन । किनभने जापानी सहयोग नियोग (जाइका) को सहयोगमा विद्यालय नजिक रहेको विजयपूर खोलाबाट विद्यालयका लागि जापानिज प्रविधिको माइक्रो हाइड्रो पावर स्टेसन निर्माण भइरहेको छ, जुन अबको एक डेढ महिनाभित्रै सम्पन्न हुँदैछ ।यो शुरुवात मात्रै हो प्र।अ। श्री जमान गुरुङले भन्नुभयो, "सुचना प्रविधिको प्रयोमा हामी सचेत छौँ, हामीकहाँ सुरक्षा गार्ड छैन, राती चोर आयो भने पक्डिनका लागि समेत सफ्टवेयर बनाउनुपर्नेछ ।" शिक्षक टिकाराम गौतमले खुलासा गर्नुभयो "सेक्युरिटि गार्ड सफ्टवेयरको काम हुँदैछ, हामी काम सकेपछि मात्रै सार्वजनिक गर्नेछौँ ।"