सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Wednesday, July 6, 2016

इदका दिन आएको "सुल्तान"ले गर्‍यो नेपालीको विचल्ली

केही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयोकेही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयो, न पेट्रोल, न ग्याँस, न दैनिक उपभोग्य सामान.... सबैतिर हाहाकार भएको बेला पनि नेपालमा हिन्दी चलचित्र र भारतीय टेलिभिजन च्यानलहरु निर्वाध प्रसारण भइरहेका थिए । तथापि यदाकदा भारतीय चलचित्र र च्यानल बन्द गर्नुपर्छ भन्ने आवाज यदाकदा उठे । फलस्वरुप केही दिन हिन्दी च्यानलहरु बन्द समेत गरिए । नाका बन्द थियो तर मानिसहरुको आँखा चाहिँ खुलेको जस्तो लाग्थ्यो । नेपालीहरु खुब राष्ट्रबादी भएका थिए, यस्तो लाग्थ्यो, २।४ वर्ष नाकाबन्दी हुनेहो भने नेपालीहरु आत्मनिर्भर हुनेछन् अनि भारतले सदाका लागि नाकाबन्द गरेपनि फरक पर्नेछैन ।

तर अहिले परिस्थिति फेरिएको छ । नाकाबन्दी खुल्यो तर नेपालीहरुको बुद्दीको बिर्को भने बन्द भयो ।
जबजब सामानहरु सहजरुपमा पाइन थाल्यो, त्यसपछि नेपालीहरुले त्यसबेला पाएका सबै पिडा बिर्सिए अनि फेरी उहि पुरानै शैलीको जीवन जिउन थाले ।

कुरा म हिन्दी चलचित्रको प्रशंगमा ल्याएर जोड्दै छु । विगतका वर्षका इद पर्वमा जस्तै यस वर्ष पनि नायक सलमान खानले आफ्नो नयाँ चलचित्रको रिलिज गराए । यसपटकको ऊनको चलचित्र सुल्तानले अन्य स्थानहरुजस्तै पोखरा पनि सुल्तानमय भएको छ । जताततै सलमानै सलमान छाएका छन् । पोस्टरमा सलमान, ट्याक्सीमा सलमान, चोक चोकमा सुल्तानका पोस्टरमा अर्धनग्न सलमान टाँसिएका छन् । यस्तो लाग्छ यो शहर सलमानको वाहवाही गाईरहेछ । पोखरामा सिने प्लाजा देखि मल्टीप्लेक्स सम्म, विन्दबासिनी, कल्पना, पूणिर्मा, श्रीकृष्ण सबै सिनेमा हलहरुमा हिन्दी चलचित्र सुल्तान प्रदर्शन भइरहेको छ । अघिल्लो साता मात्रै रिलिज भएको स्व. विपि कोइरालाको कृतिमा आधारित चलचित्र तिन घुम्तीले एक घुम्ती पनि लगाउन नपाउँदै सुल्तानको घनचक्करमा फसेको छ । सुरज मान सिंह भन्डारीको लुकामारी सुल्तान आएपछि वास्तवमै लुकामारी खेल्नुपरेको छ । त्यसैगरी शुक्रबार नै रिलिज भएका अनमोल क्षण, लाले र सूर्या दि पावर ले पनि लुत्रुक्क परेर सुल्तानको पावर हेर्नु सिवाय अरु कुनै चमत्कार गर्न सक्ने छैनन् ।

अब हेरौँ त कहाँ गयो त्यो जोश ? कता हरायो त्यो राष्टि्रयता ? नेपाली फिल्मलाई पानी पनि भन्न नदिने तर हिन्दी चलचित्रलाई शहरभरी माइकिङ गरी गरी पुरै तामझामका साथ पुरै हलमा चलाउने ? हैन के ताल हो यो ?





No comments:

Post a Comment